Aadarsh-Daily

मधेसमा फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, तीन मन्त्री थपिँदै

ad-4p

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका दुई र नेकपा एकिकृत समाजवादीबाट एकसहित तीन मन्त्री थपेर मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

content ad p2
content left

तीनै जना मन्त्रीको सपथ गराउने तयारी भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।महोत्तरीको निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित माओवादी संसदीय दलका नेता भरत प्रसाद साह, रौतहट ४(१) बाट निर्वाचित माओवादीका अर्का सांसद युवराज भट्टराई र नेकपा एकिकृत समाजवादीबाट बेचि लुङ्गेलीलाई मन्त्रीको सपथ गराउने तयारी भइरहेको छ । लुङ्गेली सर्लाही निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित सांसद हुन् ।

तीनै जनालाई बिहीबार विनाविभागिय मन्त्रीको सपथ गराईने र पछि मन्त्रालयको जिम्मेवारी तोकिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।सरकारबाट माओवदी केन्द्रका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाउने स्रोतले जनाएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आफूसँगै श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् । मुख्यमन्त्री यादवले वैशाख ४ गते प्रदेश सभाबाट चौथोपटक विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । जनमत र लोसपाले छोडेको मन्त्रालय माओवादी र नेकपा एकिकृत समाजवादीलाई दिएर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।साभार ः ईकान्तिपुरबाट

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily