Aadarsh-Daily

वीरगन्जको पम्पम बिल्डिङमा प्रहरीको छापा, करोडौं मूल्यको कपडा बरामद

ad-4p

वीरगन्ज । वीरगन्जको महावीर मन्दिर छेउमै रहेको पम्पम बिल्डिङमा बिहीबार प्रहरीले छापा मारेर करोडौं मूल्यको तस्करीका कपडाहरु बरामद गरेको छ । तस्करीको कपडा भण्डारण गरि राखेको सूचनाको आधारमा बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यलय पर्साबाट प्रहरीको विशेष टोली खटिएको थियो । उक्त टोलीले पम्पम बिल्डिङमा रहेका चार वटा गोदममा छापमा मारेर झण्डै एक ट्रक कपडा बरामद गरेको हो ।

content ad p2
content left

प्रहरीले पुरै पम्पम बिल्डिङलाई घेरा हालेर छापा मार्ने क्रममा चार वटा ठूला कोठामा गोदाम बनाएर राखिएका सर्टिङ–सुर्टीङको थान,सुटपिस, साडी, पर्दा लगायतका कपडाहरु ठूलो परिमाणमा बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए । उनले भने,‘ गोदामबाट झण्डै एक ट्रक कपडा प्रहरीले बरामद गरको छ ।बरामद कपडाहरु कति मूल्यको छ ?त्यो अहिले नै भन्न सकिदैन ।मुल्यांकन गर्न समय लाग्छ ।

यस बारेको विस्तृत विवरण प्रहरीले आँफै सार्वजनिक गरेर जानकारी गराउनेछ ।’यसैबिच छापा मार्ने टोलीमा रहेका एक सुरक्षाकर्मीले बरामद कपडाहरु १० करोड भन्दा बढी नै मुल्यको रहेको बताए । प्रहरी श्रोतका अनुसार, प्रहरीले बरामद गरेका ती कपडाहरु काजल ईम्पेक्सको रहेको बताइएको छ । प्रहरीले गोदममा छापा मार्ने क्रममै काजल ईम्पेक्सका रामएकबाल कुशवाहाले सञ्चारकर्मीसंग कुरा गर्दै ती कपडाहरु आफनो रहेको बताएका थिए ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily