Aadarsh-Daily

अमेरिका पनि टिकटक बन्द गर्ने तयारी

ad-4p

अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा ३६० र विपक्षमा ५८ मत खसेको थियो ।

content ad p2
content left

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको अमेरिकामा १७ करोड प्रयोगकर्ता छन् । एपलाई अमेरिकामा टिकाइराख्न कम्पनी यतिबेला संघर्षरत् छ । सप्ताहन्तमा तल्लो सदनले पारित गरेको विधेयक मार्चमा पारित भएको विधेयक जस्तै छ ।

सो विधेकमा बाइटडान्सले टिकटकलाई नबेचेसम्म यसलाई अमेरिकी एप स्टोरहरूमा निषेध गरिने बताइएको थियो । युक्रेन र इजरायललाई सहयोग गर्ने विधेयकसँगै जोडेर शनिबार टिकटकसम्बन्धी विधेयक सदनमा पेस गरेको थियो । माथिल्लो सदनले यो विधेयक चाँडै पारित गर्ने अपेक्षा गरिएको छ ।

आफ्नो डेस्कसम्म आइपुग्यो भने आफूले टिकटक विधेयकमा हस्ताक्षर गर्ने बाइडेले यस अघि नै बताएका थिए । विधेयकले टिकटकलाई नयाँ मालिक खोज्न २७० दिनको समय दिनेछ । टिकटकको अमेरिकी व्यवसाय बेच्ने मामिलामा प्रगति भइरहेको राष्ट्रपतिलाई लाग्यो भने थप ९० दिनको म्याद पनि थपिनेछ । टिकटकले खुलेरै यो विधेयकको विरोध गर्दै आएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily