Aadarsh-Daily

भारतमा बसेर नेपालमा आतङ्क मचाउने बब्लु पक्राउ

ad-4p
content left

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले मङ्गलवार पत्रकार सम्मेलन गरी भारतमा बसेर नेपालमा आतंक मच्चाउने एकजना भारतीय अपराधीलाई पक्राउ गरेको जनाएको छ ।
वैशाख १६ गते राति उनलाई वीरगंज–१६ भुटनदेवी सडकखण्डबाट प्रहरीले गोली प्रहार गरी भारत बिहार पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने गणेश कुमारलाई पक्राउ गरेको जनाएको छ ।
राति ११ः०० बजे भारतबाट बिआर०५एएल ६१३९ नम्बरको मोटरसाइकलमा चढेर बब्लु नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई वीरगंज–१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डबाट पक्राउ गर्न खोज्दा बब्लु भाग्न खोजेको र प्रहरीले दुई राउन्ड गोली चलाउँदा एउटा गोली पासवानको खुट्टामा लागेको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी नारायणी अस्पतालमा उपचारपछि नियन्त्रणमा लिएको छ ।
उनको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल एक थान, दुई राउन्ड गोली, खैरो हेरोइन ४९ ग्राम र गाँजा ८८० ग्राम बरामद भएको जिप्रका पर्सा, प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
बब्लु विगतमा पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दावी छ ।
२०७३।०२।१३ गते बाराको महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । यस्तै २०७९।०६।०३ गते काठमाण्डौ गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको प्रहरीले जनाएको छ ।
छिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागु औषधको कारोबार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको तथा ठूला उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा नदिए ज्यान मार्ने धम्की दिने गरेको प्रहरी अनुसन्धानले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily