
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दीपेन्द्र शाहको सरुवा भएको छ । डिआईजी शाहसहित सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको हो ।
छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डिआईजी शाहको सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय मानवश्रोत बिभागमा सरुवा भएको छ । छिन्नमस्ता बाहिनी मुख्यालयमा कालीदास धौबजी आउने भएका छन् ।

उनी सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तीनाथ बाहिनी मुख्यालय कास्कीबाट सरुवा भएर आउन लागेका हुन् । यस्तै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ ।
गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ ।
कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ ।

