Aadarsh-Daily

सिम्रौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति

ad-4p

बारा । बाराको सिम्रौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा मणि महतो नुनियाको निजी पोखरी खन्ने क्रममा बुधबार सूर्य भगवानको मूर्ति फेला परेको हो स्थानीय सुरेश महतो नुनियाले बताए।

content ad p2
content left

उनका अनुसार, बुधबार डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो। मूर्तिको तल सातवटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवानको मूर्ति हो भन्ने प्रष्ट भएको नुनियाले बताए ।

फेला परेको मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च रहेको उनले बताए । फेला परेको मूर्तिलाई इटवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा लगेर राखिएको स्थानीय सञ्चारकर्मी रामेश्वर मेहताले जानकारी दिए । मेहताका अनुसार प्राचीन र ऐतिहासिक स्थल सिम्रौनगढमा बेला बेलामा पुरातात्विक सामग्रीहरु फेला पर्दै आएका छन् । त्यही भएकाले त्यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।

गत वर्षको असारमा मात्रै सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ मा पर्ने नसागराढाटमापनि ब्रह्मा भगवानको मूर्ति फेला परेको थियो ।सिम्रौनगढ क्षेत्रमा गत ७ वर्ष यता १४ वटा मूर्ति फेला परिसकेको छ।बेला बेलामा पुरातात्विक महत्वका मूर्ति लगायतका सामग्रीहरु फेला पर्दै आएको भएपनि त्यसको संरक्षणका लागि राज्यको कुनैपनि निकायबाट पहल नभएको स्थानीयको गुनासो छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily