
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औं पटक रक्तदान गरेका छन् ।
शनिबार पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको उपत्यका विशेष कमिटीले गरेको कार्यक्रममा रक्तदान गर्दै उनले आफ्नो रक्तदानको संख्या ८९ पुर्याएका हुन् ।

उनले आफ्नो जीवनमा गरौं गरौं लाग्ने काममध्ये रक्तदान पनि एक भएको बताए । दलको भ्रातृ संगठनले दलीय गतिविधि मात्रै होइन सिर्जनशील र रचनात्मक काम पनि गर्नुपर्ने भन्दै उनले आफ्नो दलको युवा संगठनले गरेको कामको प्रशंसा गरे ।
शनिबारको कार्यक्रममा ६३ जनाले रक्तदान गरेका उपत्यका विशेष कमिटीका अध्यक्ष संजय कार्कीले जानकारी दिए ।

