Aadarsh-Daily

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायो

ad-4p

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

content ad p2
content left

शनिबार पत्रकार सम्मेलन गर्दै उपभोक्ता विभाग सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

सरकारी अनुमान अनुसार हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो । 

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily