Aadarsh-Daily

पथलैयाबाट ४८ लाख मूल्यको सामानसहितको ट्रक बारा प्रहरीको नियन्त्रणमा

ad-4p

बारा । बाराको पथलैयाबाट प्रहरीले राजश्व छली (तस्करी) को आशंकामा ४८ लाख भन्दा बढी मूल्यको मालसामान लोड रहेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रक शनिबार पथलैयामा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट बिल भरपाई भन्दा बढी मुल्यको हार्डवेयर पार्टस् र अन्य खुद्रा सामान गरी ४८ लाख ४९ हजार २१६ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सामानसहितको नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily