Aadarsh-Daily

वीरगञ्जको घडिअर्वा टोलमा आगलागीबाट एक घर जलेर नष्ट

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १० घडिअर्वा टोलमा बिहीबार बिहान एक घरमा आगलागी भएको छ ।

content ad p2
content left

स्थानीय मोहन साह कानुको टिनको छाना भएको घरमा आगलागी भएको हो । उक्त घर विनोद साहले भाडामा लिएर बस्दै आएका थिए । आगलागीबाट उक्त घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घरमा रहेका सबै सरसामान पनि जलेर नष्ट भएको वडाध्यक्ष सुशील साह कानुले बताए । क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको उनले जानकारी दिए ।
स्थानीयका अनुसार, एक्लै भाडामा बस्दै आएका विनोदले बिहीबार बिहान खाना पकाएर खाइवरी ज्याला मजदुरीका लागि बाहिर गएपछि घरमा आगो लागेको थियो । तर आगलागीको कारण भने खुल्न सकेको छैन ।
घरमा लागेको आगो स्थानीय र प्रहरीले मिलेर निभाउँदै गरेका बेला वीरगञ्ज महानगरपालिका वारुण यन्त्र आएको तियो ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily