Aadarsh-Daily

तीन दिनका लागि मधेश प्रदेशका चार जिल्लाका नाका बन्द

ad-4p

वीरगञ्ज । मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका हुन् ।

content ad p2

भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

content left

सोमवार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ बजेदेखि पर्सि सोमवार राति १२ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहनेछन् ।

यस्तै मधुवनीमा हुन लागेको चुनावलाई लक्षित गरी नेपालको एकमात्र रेलवे सेवा पनि आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

भङ्गाह–जनकपुरधाम–जयनगर खण्डमा सञ्चालन हुने रेल सेवा तीन दिन बन्द गरिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल्वे सेवा मंलबारदेखि नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily