Aadarsh-Daily

जनकपुरमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

ad-4p

जनकपुर । जनकपुरधामको एक पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । ज्यान जानेमा जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवान रहेका छन् ।

content ad p2
content left

शनिवार बिहान १० बजेतिर घर नजिकैको साहुजी पोखरीमा गर्मी छल्न नुहाउने क्रममा दुबै जना बालक डुबेका थिए । स्थनीयले देखेपछि सिकिस्त अवस्थामा उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो ।

बिहान ११ बजे दुबैजना बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily