Aadarsh-Daily

वीरगंजको राधेमाईमा एक युवतीमाथि छुरा प्रहार

ad-4p

वीरगंज । रामनिवास पटेल । पर्सामा एक युवतीमाथि छुरा प्रहार भएको छ । पकाहाँमैनपुर गाउँपालिका वार्ड नं १ धोरे गाउँका अन्दाजी १८ वर्षिय प्रिया यादव माथि छुरा प्रहार भएको हो ।

content ad p2
content left

उनलाई कसले छुरा गरेका छन भन्ने खुलिसकेको छैन। आक्रमणमा संलग्नको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ। वीरगंजस्थित राधेमाई बिक्रम तिमल्सिनाको घरमा डेरा लिएर बस्दै गरेकी यादवमाथि मंगलबार राती ८:३० बजे तिमलसिनाको घर अगाडि अपरिचित मानिसले छुरा प्रहार गरेका छन् ।

यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने व्यक्ति भागेका थिए । उनीहरूलाई आफूले नचिनेको यादवले बताएकी छन् । छुरा प्रहारबाट सख्त घाइते यादवको विरगंजस्थित तराई अस्पतालमा उपचार भई रहेको छ ।

सम्बन्धित खबर

७ हजार ७०० प्रतिनिधिसहित कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु

Aadarsh Daily

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily