Aadarsh-Daily

सशस्त्र प्रहरी द्धारा २ सय ८० किलो गाँजा बरामद

ad-4p

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा बिहान करिब ७ बजेको समयमा गाँजा बरामद भएको हो ।

content ad p2
content left

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको अधारमा सिसौलीघाटको जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्ता गाँजा बरामद गरिएको हो ।

गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि भेटिएकाले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको थापाले जानकारी दिए ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily