Aadarsh-Daily

सवारी चालक अनुमति पत्रको ट्रायलमा पास गराइदिने भन्दै पैसा उठाउने दुई जना पक्राउ

ad-4p

रौतहट । रौतहटको राजदेवी नगरपालिका–२ स्थित ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय गौरबाट सञ्चालन हुँदै आएको सवारी चालक अनुमति पत्रको ट्रायल ( प्रयोगात्मक ) परीक्षामा सहभागीलाई पास गराइदिने भन्दै सेवाग्राहीसित रकम ठगेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ ।

content ad p2
content left

यातायात व्यवस्था कार्यालय रौतहटबाट लिइँदै आएको लिखित तथा ट्रायल (प्रयोगात्मक ) परीक्षामा पास गराइदिने भन्दै प्रलोभनमा पारी दश हजारदेखि तीस हजार रुपैयाँसम्म पैसा उठाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका– ३ स्थित कान्तिपुर ड्राइभिङ स्कुल सेन्टर सञ्चालन गरी बस्ने ४५ वर्षीय रमेश पाठक र रौतहट गौर नगरपालिका– १ का ४८ वर्षीय श्यामनारायण साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिएका छन ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily