Aadarsh-Daily

वीरगन्जको नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाइ जागीरबाट हटाइयो

ad-4p

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालले दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएको छ ।सोमबार अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए ।

content ad p2
content left

उनका अनुसार, अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब चार जना , कार्यालय सहयोगी ७ जना लगायतका रहेका छन् । अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेका ४७ जना स्वासथ्यकर्मी र कर्मचारीको यहि जेष्ठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निर्णय गरिएको उल्लेख छ ।

अस्पतालका निमित्त मेसु डाक्टर हकले दरबन्दी बेगर दैनिक ज्यालादारीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको बताए । उनले भने,‘ एक त दरबन्दी बेगर उनिहरु कार्यरत थिए । अर्को कूरा यति धेरै कर्मचारी अस्पताललाई आवश्यक पनि थिएन ।

उनिहरुलाई ६÷७ महिनादेखि तलब भत्तँपनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यीसबै कारणले उनिहरुलाई सेवाबाट हटाउनु परेको हो । अस्पताल श्रोतका अनुसार,यअिघिका निमित्त मेसु डाक्टर चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बेगर दैनिक ज्यालादारीमा करिब १५० भन्द्या बढी स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमा नियुक्त गरिएको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily