Aadarsh-Daily

प्राकृतिक स्रोतको अधिक दोहनले पारिस्थितिकीय प्रणाली असन्तुलित : राष्ट्रपति

ad-4p

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैलीका वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका छन् ।

content ad p2

राष्ट्रपति पौडेलले आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी आग्रह गरे । उनले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।’

content left

राष्ट्रपति पौडेलले मानिसले प्राकृतिक स्रोतहरूको अधिक दोहन गरेका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको उल्लेख गरेका छन् । ‘विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ’, उनले भनेका छन् ।

नेपाल सरकारले संचालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको छ ।

नेपालले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्नको लागि आजको दिनले थप उत्साह प्रदान गर्ने पनि राष्ट्रपति पौडेलले विश्वास लिएका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउन सुरु भएको हो । यस वर्ष दिवसका लागि ‘हाम्रो भूमि, हाम्रो भविष्य’ राष्ट्रिय नारा तय गरिएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily