Aadarsh-Daily

कालिकामाई गाउँपालिकाकाे मुडलीमा वडा कार्यालय भवनकाे शिलान्यास

ad-4p

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा निर्माण हुने वडा कार्यालय भवनकाे शिलान्यास गरिएकाे छ । एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता र वडाध्यक्ष लालबाबु राउत बरै संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

content ad p2
content left

वडा कार्यालय भवनकाे शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले वडा कार्यालयकाे आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज हुने वताए । उनले समय मै निर्माण कार्य सम्पन्न गर्न ठेक्दारलाई निर्देशन समेत दिए । जिल्ला समन्वय समिति पर्सा र गाउँपालिकाकाे रु ६० लाखकाे लागतमा वडा कार्यालय भवन निर्माण हुने प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले जानकारी दिए ।

वडाध्यक्ष बरैकाे अध्यक्षता र गाउँपापालिका अध्यक्ष गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे शिलान्यास कार्यक्रममा वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारी र स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily