Aadarsh-Daily

वीरगन्जमा एक युवककाे शव फेला, पहिचान खुल्न बाँकी

ad-4p

वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा एक युवक मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित शंकराचार्य प्रवेशद्वार छेउकाे चाैरमा आइतबार दिउँसो अन्दाजी २५/३० बर्षका युवककाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

content ad p2
content left

मृतक युवककाे पहिचान खुल्न सकेकाे छैन । उचाइ ५ फिट ४ ईन्च, ताैल अन्दाजी ६०/६५ केजी रहेका ती युवकले कालाे रंगकाे सर्ट,नीलाे रंगकाे टिसर्ट,कालाे रंगकाे पाइन्ट र खैराे रंगकाे जुत्ता लगाएको अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएको छ।

मृतक युवककाे शव नारायणी अस्पतालकाे शव गृहमा राखिएको र उनकाे पहिचान पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily