Aadarsh-Daily

वीरगञ्ज – २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवद्वारा उद्घाटन

ad-4p

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्जमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका – २ मा निर्मित ढलान सडक तथा नालाको स्वास्थ्य मन्त्री यादवले मङ्गलवार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो ।

उद्घाटन पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सडक र नाला निर्माणसँगै उक्त क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि खेप्दै आएको सास्तीको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय वासीहरूको जनचाहनाअनुसार काम गर्ने क्रममा सडक र नाला निर्माण भएको छ । सडक नहुँदा स्थानीय वासीलाई धेरै समस्या भइरहेको थियो । अब त्यसको अन्त्य भएको छ ।’
मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै वीरगञ्ज महानगरपालिकाको समृद्धिमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवसँगै जनता समाजवादी पार्टीका नेता कार्यकर्ता र स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily