Aadarsh-Daily

महोत्तरीमा बोक्सी भन्दै एक महिलामाथि कुटपिट

ad-4p

वीरगंज । महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि कुटपिट भएको घटना घटेको छ। कविलासी वडाका ४० वर्षीया जगतारन देवी साहलाई छिमेकी ५० वर्षीय राजेश साहले बोक्सी आरोप लगाउँदै कुटपिट गरेका हुन्।

content ad p2
content left

कुटपिटबाट घाइते भएकी जगतारन देवीको उपचार जनकपुरधामस्थित काव्या अस्पतालमा भइरहेको छ। घटनामा संलग्न राजेश साहले सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोप लगाउँदै घरमै पसेर गालीगलोज गर्दै कुटपिट गरेको बताइएको छ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले भने घटनालाई सामान्य विवादको रुपमा व्याख्या गर्दै बोक्सीको आरोपमा कुटपिट भएको जानकारी आफूहरूसम्म नआएको बताएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily