Aadarsh-Daily

जनकपुरबाट काठमाडौं पुगेर केन्द्रीय समिति घोषणा गर्छु : उपेन्द्र यादव

ad-4p

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरबाट काठमाडौं फर्केपछि केन्द्रीय समिति घोषणा गर्ने बताएका छन् ।

content ad p2

महाधिवेशनबाट १९ पदाधिकारी र १८१ केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी पाएका अध्यक्ष यादवले शुक्रबारआज जनकपुरमा पत्रकार सम्मेलन गरेर महाधिवेशन सफल भएको र केन्द्रीय समिति चाँडै घोषणा गर्ने जानकारी दिएका हुन् ।

content left

सञ्चारकर्मीको जिज्ञासामा यादवले भने, ‘सबैलाई समेटेर सबैभन्दा राम्रो टिम बनाउने म्यान्डेड दिएको हो । अधिकार प्रत्यायोजन पनि लोकतान्त्रिक विधि नै हो ।’

जनकपुरमा जेष्ठ २८देखि जेष्ठ ३१ गतेसम्म चलेको जसपा नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका थिए । तर अन्य पदाधिकारी र केन्द्रीय सदस्य चयन नगर्दै महाधिवेशन सकियो ।

चुनावबाट गर्दा समावेशी नहुने अबस्था सृजना भएपछि अध्यक्ष यादवले सर्वसम्मत चयन गर्ने अधिकार महाधिवेशनबाट मागेका थिए ।प्रतिनिधीहरुले अधिकार अध्यक्ष यादवलाई प्रत्यायोजन गर्नुका साथै सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । त्यसपछि महाधिवेशन सकेको घोषणा केन्द्रीय निर्वाचन समितिले गरेको थियो ।साभार : नेपालप्रेसबाट

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily