Aadarsh-Daily

वीरगन्जमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

ad-4p

वीरगन्ज । वीरगन्जमा शनिबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काग्रेस पर्साको प्रशिक्षण शाखाले पार्टी कार्यलयमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमकोे उद्घाटन संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुङ्गटाले गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रुङ्रगटाले काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । पछिल्लो समय कार्यकर्तामा देखिएको नैराश्यता र नेताहरुमा देखिएको विचलन र अनुशासनहिनता न्यूनिकरण गर्न प्रशिक्षण कार्यक्रमको आवश्यकता रहेको उनले बताए।

content ad p2
content left

कार्यक्रमका विशिष्ट अतिथि कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले जिल्लार्का ाका सम्पुर्ण नेता–कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनताका अपेक्षा पुरा गर्न सकिने बताए ।प्रशिक्षणमा सिकेका कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गर्दै उनले कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमान्नदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए। कांग्रेस पर्साका उपसभापति तथा प्रशिक्षण शाखाका प्रमुख रामनारायण कुर्मीले पार्टी भित्रको संगठन सुदृढिणकरणका निम्ती प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा अहिले सरकार प्रती निरासा छाएको बताए ।

प्रशिक्षण कार्यक्रमा कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता,जिल्ला सचिव इम्तियाज आलम,सहसचिव मदन यादव,जिल्ला कोषाध्यक्ष प्रेमबहादुर थापा, जिल्ला प्रवत्तःा रमेश पाण्डे, पूर्व जिल्ला उपसभापति प्रकााश उपाध्याय,नेताहरु चन्देश्वर यादव,रामेश्वर ढकाल,महानगर सचिव श्याम पटेल,हरिन्द्र यादव,नागेश्वर प्रसाद,शिवचन्द्र कोइरी,फणिन्द्र यादव,कन्हैया ठाकुर,बाबुनन्द पटेल,जे.पि.ठाकुरका साथै काँग्रेसका महाधिवेशन प्रतिनिधि,नेविसंघ,नेपाल तरुल दल,नेपाल किसान संघ,नेपाल मुस्लिम संघका नेता कार्यकर्ताको सहभागीता थियो । प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाइ रामेश्वर ढकाल,जितेन्द्रपुरुष ढकाल,अमृत लाल जोशी,सरोज चौरसिया,सरिता चौधरी लगायतले प्रशिक्षण दिएको कांग्रेस मधेस प्रदेशका प्रचार संचार विभागका सदस्य राहुल गुप्ताले जानकारी दिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily