Aadarsh-Daily

जसपा)नेपालका अध्यक्षमा निर्वाचित भएका उपेन्द्र यादवलाई सम्मान

ad-4p

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीहरु चिन्तित भएको बताएका छन् ।

content ad p2

जनकपुरधाममा आइतबार जसपा नेपाल धनुषाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले जसपालाई कमजोर गरेर संघीयतालाई समाप्तपार्ने मनसुबा बोकेकाहरुको इच्छा आकांक्षा पूरा नभएको उनले बताए । अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले जसपा नेपाललाई कमजोर गरेर संघीयतालाई समाप्त पार्नेहरु आज चिन्तित भएको टिप्पणी गरे ।

content left

संघीयता पक्षधर मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्तिहरु एकजुट रहेको सन्देश जनकपुरधाम महाधिवेशनले दिएको बताउँदै अध्यक्ष यादवले मौसमको प्रतिकूलता, सत्ता पक्षको षडयन्त्रका बीच कार्यकर्ता तथा समर्थकहरुको आपार उपस्थितिले जनतासंग जसपा नेपाल र जसपासंग जनता रहेको पुष्टि भएको दाबी गरे ।

हिमाल पहाड र मधेशको एक्यबद्धताले जनता समाजवादी पार्टी नेपालको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको भएता पनि संघीयता विरोधीहरुले भविष्यमा गर्न सक्ने षडयन्त्रलाई निस्तेज पार्नका लागि सचेत रहन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, प्रत्यासी सांसद उम्मेदवार हरिनारायण यादव, पूर्वमन्त्री डा. सुरेन्द्र यादव, जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साहलगायतका उपस्थिति रहेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily