Aadarsh-Daily

एसईईको नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने

ad-4p

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अर्को हप्ताभित्र सार्वजनिक हुने भएको छ ।

content ad p2
content left

अहिले नतिजा प्रकाशनअघिको तयारी भइरहेको र अर्को हप्ताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गर्ने तयारी छ ।

विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ । दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily