Aadarsh-Daily

पर्सा प्रहरीको स्मार्ट कन्ट्रोल रूमको उद्घाटन

ad-4p

पर्सा । जिल्लामा हुँदै आएका विभिन्न गतिविधिलाई निगरानीमा राख्न पर्सा प्रहरी कार्यालयमा निर्माण भएको स्मार्ट कन्ट्रोल रुम संचालनमा आएको छ । प्रहरीले जिल्लाको दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउन कन्ट्रोल रुम संचालनमा ल्याएको हो। शुक्रबार एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गरेका हुन्।

content ad p2
content left

कन्ट्रोल रुमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भुषालले अहिले ब्यवस्थित रूपमा कन्ट्रोल रुम संचालनमा आएको र यसले प्रहरीलाई काम गर्न सजिलो हुने बताए। अब कुनै पनि गतिविधीहरूलाई छिटो छरितो सम्बोधन गरी अपराध रोकथाम, नियन्त्रणका साथै शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

विगतमा सानो रुमबाट संचालन हुँदै आएको प्रहरीको गतिविधि अब स्मार्ट रुमबाट निगरानी हुने पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए। उनले अब यसले अपराधिक गतिविधि निगरानीमा सहयोग पुग्ने बताए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily