Aadarsh-Daily

वीरगञ्ज महानगरपालिकामा सवारी कर र कबाडीकर ठेक्का दोब्बरीभन्दा बढी वृद्धि

ad-4p

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी कर र कबाडीकर ठेक्का यस वर्ष दोब्बरीभन्दा बढी वृद्धि भएको छ। चालू आर्थिक वर्षमा तीन करोड तीन लाखमा सञ्चालित सवारी कर ठेक्का आगामी आर्थिक वर्षका लागि छ करोड ७१ लाखमा ठेक्का सकार भएको छ। यसपटक दोस्रो ठेकेदारले छ करोड ११ लाख भरेका थिए, जसले ठेक्काको प्रतिस्पर्धा तीव्र रहेको देखाउँछ।

content ad p2

त्यसैगरी, कबाडीकर ठेक्का पनि वृद्धि भएको छ। चालू आर्थिक वर्षमा तीन करोड छ लाखमा सञ्चालन भएको कबाडीकर ठेक्का आगामी वर्षका लागि चार करोड ३० लाखमा ठेक्का सकार भएको छ। शुक्रवार टेन्डर खोल्दा पहिलो ठेकेदारले चार करोड ३० लाख र दोस्रो ठेकेदारले चार करोड २१ लाख भरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले जानकारी दिए।

content left

महाशाखा प्रमुख कर्णका अनुसार, सवारी र कबाडीकरबाट मात्र आगामी वर्षमा चार करोड बढी राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ। यो वृद्धि महानगरपालिकाको आर्थिक स्थिति सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily