
बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना दिउँसो २ बजेतिर भएको बताइएको छ । स्थानीय समयअनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताउनुभयो ।
“उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेको छन् । १० जना घाइते भएका छन्,” उहाँले भन्नुभयो ।

