Aadarsh-Daily

भारतीय बिहार सीतामढीका राहुल हतियारसहित पक्राउ

ad-4p

रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले गएराती हतियारको कारोबारी एकजना भारतीय नागरिकलाई एकथान पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोलका २१ वर्षीय राहुल राम रहेका छन्।

content ad p2

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार, पक्राउ गरिएको व्यक्तिसँग एकथान घरेलु नलकटुवा पेस्तोल बरामद भएको छ। गौर नगरपालिका २ महादेव पटी टोलछेउ नेपाल भारत अन्तर्राष्ट्रिय सीमामा ३४४र५ सीमा स्तम्भ नजिकै सशस्त्र प्रहरीले राखेको छड्के चेक प्वाइन्टमा खटेको ड्युटी टोलीले आईतवार राती साढे १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको बिना नम्बरको हिरो एचएफ डिलक्स मोटरसाईकल जाँच गर्दा टुलबक्सभित्र लुकाई राखेको उक्त हतियार बरामद गरेको थियो।

content left

पक्राउ परेका रामसँगै मोटरसाईकलमा सवार अर्का एकजना भारतीय भने भारततर्फ भाग्न सफल भएको प्रहरीले जनाएको छ। एसपी हुमागाईंका अनुसार, मध्यरातमा बिना गोलीको हतियार मात्र नेपाल ल्याउनुको अर्थ कसैले अर्डर गरेर मगाएको हुनसक्छ। यसबाट अनुमान लगाउन सकिन्छ कि पक्राउ परेका राहुल राम हतियार कारोबारी हुन्।

सशस्त्र प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख भएअनुसार, राहुल रामको साथबाट बरामद पेस्तोल, एकथान मोबाईल, र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि आज जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको छ।

स्थानीयहरूले एसपी हुमागाईंको सक्रियताका कारण भारतीय सीमा क्षेत्रमा विगतमा हुने गरेको अवैध कारोबार र आपराधिक क्रियाकलापमा कमी आएको बताएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily