Aadarsh-Daily

पर्सागढी नगरपालिकाको ११ औं नगर सभा सम्पन्न

ad-4p

पर्सा । पर्सागढीको समृद्धिको आधार गुणस्तरीय शिक्षा , स्वास्थ्य,कृषि ,पर्यटन र पूर्वाधार भन्ने नाराको साथ पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ ।

content ad p2
content left

पर्सागढी नगरपालिकाको नगर प्रमुख श्री गोकर्ण पाठकको अध्क्षतामा सोमबार सम्पन्न उक्त सभाले नगर प्रमुखबाट पेश भएको आर्थिक आ.व. २०८१/०८२ निति तथा कार्यक्रम, उप-प्रमुख पूजा चौधरीले पेश भएको आ.व. २०८१/०८२ को बजेट विनियोजन आर्थिक विधेयक पास गर्नुको साथै पर्सागढी नगरपालिकाको नगर सभामा प्रस्ताव भएका बिभिन्न विषयका विधेयकहरु सर्वसहमबाट पास गरेको छ ।

यस वर्षको नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा राखेको नगर प्रमुख श्री गोकर्ण पाठकले बताए । बजेटले सबै क्षेत्र विकास मुखी बनाउनका लागि आफू प्रतिबद्ध रहेको बताउँदै उपाध्यक्ष चौधरीले आवश्यक्ताका आधारमा बजेट बिनियोजन गरिएको दाबी गरे ।

आगामी आर्थिक वर्ष २०८१/८२ को लागि ५१ करोड ४७ लाख ६५ हजार रुपैयाँको कुल अनुमानित आय व्ययसहितको बजेट प्रस्तुत गरिएको छ । उक्त सभामा सम्पुर्ण जनप्रतिनिधि तथा नगर सभा सदस्य ज्यूहरुको पुर्ण उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily