Aadarsh-Daily

इण्डिया टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

ad-4p

वीरगन्ज । जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले इंग्ल्यान्डकोे सामना गर्ने भएको छ । सोमबार राति भएको सुपर–८ चरणको आफनो अन्तिम खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । समुह–१ बाट भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा समुह–२ को उपविजेता इंग्ल्यान्डसँग खेल्नेछ ।

content ad p2

२०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन मात्र बनाउन सक्यो । ट्रविस हेडले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन बनाए । मिचेल मार्शले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए । ग्लेन म्याक्सवेल २०, मार्कस स्टोइनिस २, टिम डेविड १५ र डेविड वार्नर ६ रनमा आउट भए ।

content left

भारतका अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्कासहित सर्वाधिक ९२ रन बनाए ।रिषभ पन्तले १५ ,सूर्यकुमार यादवले ३१ ,हार्दिक पान्ड्याले २७, शिवम दुबेले २८ र रविन्द्र जडेजाले ९ रन बनाए ।

बलिङ्तर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । मार्कस स्टोइनिसले ४ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily