
वीरगंज । कुर्मी सेवा सदन तथा कुर्मी सशक्तिकरण मञ्च पर्साले हालै प्रकाशित भएको एस.ई.ईको नतिजामा पर्सामा अत्कृष्ट जि.पि.ए ल्याएकोमा आंचल कुमारी पटेललाई बधाई दिएको छ ।

सेवा सदनका अध्यक्ष अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मी तथा मञ्चका अध्यक्ष दिपक पटेलले संयुक्तरुपमा स्वजातिय चेलिले पर्सामा उत्कृष्ट अंकले प्रथम स्थान प्राप्त गरेकोमा खुशि व्यक्त गर्दै सम्मान कार्यक्रम गर्ने बताएको छ । समाजिक अभियान्ता हरेन्द्र पटेलकी छोरी आंचल पटेल वीरगञ्जको एन्जल ईन्टरनेश्नल बिद्यालयमा कक्षा १०मा अध्ययनको क्रममा ३.९६ जि.पि.ए प्राप्त गरेकोले समाजको नाम निकै उच्च राखेको सेवा सदन तथा मञ्चको ठहर रहेको छ ।
वीरगञ्ज पिपरा वडा नं.१४ निवासी हरेन्द्र पटेल कुर्मी सशक्तिकरण मञ्च पर्साका सह कोषाध्यक्ष समेत रहेका छन । छोरीले प्राप्त गरेको सफलतामा घर परिवार पनि निकै खुशि भएको छ । निम्नवर्गिय परिवार र मधेशबाट छोरी चेलिले राम्रो नतिजाका साथ सफल्ता प्राप्त गर्दा उच्च शिक्षाका लागि समेत घर परिवारले पुर्णरुपमा मेहनत गर्ने बुवा हरेन्द्र पटेलको प्रतिक्रिया रहेको छ ।

