Aadarsh-Daily

राैतहटमा बस दुर्घटना हुदा एक जनाको मृत्युु , ८ जना घाइते

ad-4p

राैतहट । राैतहटकाे गरुडा नगरपालिको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको मृत्यु भएको छ ।

content ad p2
content left

बस दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीरघाइते र सात जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हाे।

बस दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारको लागि पठाइएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्। बस चालक फरार रहेको हुँदा खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे गिरीले जानकारी दिइन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily