
पर्सा । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरकाे मदरसामा अध्ययनरत बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ। विश्रामपुरकाे तीनटाेलीमा रहेकाे मदर्साका ६० जना मुस्लिम बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको हाे।

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य राकेश यादवकाे पहलमा साल्ट ट्रेडिङ कर्पाेरेसन काठमाडौंले स्कुल ब्याग सहयोग गरेको हाे।स्कुल ब्याग वितरणपछि मदरसामै आयाेजित छलफल कार्यक्रममा कांग्रेस युवा नेता यादवले स्थानीय तहका जनप्रतिनिधि र अभिभावककाे कमजोरीका कारण मधेसकाे शैक्षिक अवस्था खस्कदाे अवस्थामा रहेकाे बताए ।
बहुदरमाई नगरपालिकाकाे आगामी निर्वाचनमा मेयर पदका आकांक्षीसमेत रहेका यादवले शिक्षा,स्वास्थ्य र राेजगारीका क्षेत्रमा राजनीति हाबी रहेका कारण सुधार हुन नसकिरहेको बताए । कार्यक्रममा मदरसाका शिक्षक,अभिभावक,समाजसेवी लगायतको सहभागिता थियाे।

