Aadarsh-Daily

गुल्मीमा पहिरोले घर पुरिंदा एकै परिवारका ४ जनाको मृत्यु

ad-4p

गुल्मी । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

content ad p2
content left

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् । गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily