Aadarsh-Daily

बारामा २ सय १ केजी अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ

ad-4p

बारा । बारामा २ सय १ केजी अवैध लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठूलो इट्टवालका मनोजकुमार साहको घरमा लुकाइ राखेको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

content ad p2
content left

बागमती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप गाडी बाट अवैध लागू औषध गाँजा झारी कलैया तर्फ जादै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले फलोअप गरेको थियो ।

प्रहरीले पिकअप लाई नियन्त्रणमा लिए पछी चालकले साहको घरमा गाडी बाट गाँजा झारेर आफुहरु फर्किएको बताएका थिए । प्रहरीले साहको घर बाट दुई सय एक केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ पर्नेमा पिकअप चालक धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने सुजन अधिकारी र सहचालक धादिङकै ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने रमेश नेपाली रहेका छन् । उनीहरु दुई जनालाई नियन्त्रणमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily