Aadarsh-Daily

जसपा नेपालले केन्द्रीय समितिको नामावली टुंगो लगाउँदै

ad-4p

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको नामावली टुंगो लगाउने तयारी गरेको छ।

content ad p2

गत जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरधाममा भएको महाधिवेशनले केन्द्रीय समिति सर्वसम्मत चयन गर्न अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा दिएको थियो। सोहीअनुसार केही दिनमा दुई सय एक सदस्यीय केन्द्रीय समिति टुंगो लगाइने पार्टीका नेता पूर्ण बस्नेतले बताए।

पार्टी विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भए पनि जसपा नेपालले महाधिवेशनबाट विधान संशोधन गरी दुई सय एक सदस्यीय केन्द्रीय समिति बनाउने निर्यण गरेको थियो।

content left

जसपा नेपालको महाधिवेशनबाट अध्यक्ष उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका थिए।

अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका थिए।

त्यस्तै ५ उपाध्यक्ष पदका लागि २३ जनाको उम्मेदवारी परेको थियो। २ महासचिवका लागि ६ जना र  ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचनले पार्टीलाई नोक्सान पुर्‍याउने देखिएको भन्दै निर्वाचन प्रक्रिया नै स्थगित गरेको थियो। महाधिवेशन हलले केन्द्रीय समिति टुंगो लगाउने एकल जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो।

पार्टीले महाधिवेशनबाट भएका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराउने तयारी गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily