Aadarsh-Daily

गहवामाईको रथयात्रा भव्यरुपमा सम्पन्न,लाखौ भक्तजनहरुको सहभागिता

ad-4p

वीरगंज । वीरगंजमा रहेको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा बिशाल रथयात्रा निकालिएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । 

content ad p2
content left

यस रथयात्रामा लाखौको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँगाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो ।

आज र भोलि वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रिवितरणमा पनि रोक लगाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily