Aadarsh-Daily

पर्साको जीराभवानीमा निर्मित प्रवेशद्वारमा ‘भारत नेपाल मैत्री गेट’ लेख्दा विरोध

ad-4p

वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर १ मा निर्माण भएको प्रवेशद्वारमा भारत नेपाल मैत्री गेट लेखेकोमा स्थानीयले विरोध जनाएका छन् । जीराभवानी गाउँपालिकाको बजेटबाट निर्माण हुने उक्त गेट नेपालकै भूभागमा परेको छ । गाउँपालिकाको बजेटमा निर्माण भएको र नेपालकै भूभागमा बनेको गेटमा भारत नेपाल मैत्री गेट उल्लेख गरिएको शिलालेख राखेपछि स्थानीयले आपत्ति जनाएका हुन् ।

content ad p2
content left

भारतबाट नेपाल प्रवेश गर्ने जीराभवानी गाउँपालिकाको वडा नम्बर १ बलुवाको दशगजा भन्दा नेपालतर्फकै भूभागमा ३ लाख रुपैंया बजेटमा उपभोक्ता समिति मार्फत उक्त प्रवेशद्वारा निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि शिलालेख राख्ने क्रममा भारत नेपाल मैत्री गेट उल्लेख गरिएको पाईएपछि स्थानीयले व्यापक विरोध जनाएको वडा अध्यक्ष रामशरण खवासले पुष्टि गरे ।

वडा अध्यक्ष खवासले स्थानीयले धेरै विरोध जनाएपछि आफूले पनि सम्बन्धित पालिकामा जानकारी गराएको बताए । गेटको नाममा भारत उल्लेख गरेकोप्रति वडा अध्यक्ष खवासले पनि असन्तुष्टि पोखेका छन् । गाउँपालिकाको बजेट, नेपालकै भूभागमा निर्माण गरिएको प्रवेशद्वारको भारत नेपाल मैत्री राख्नु उचित नभएको वडा अध्यक्ष खवासको भनाई छ ।

भारतको पनि कुनै सहयोग भए र दशगजामा निर्माण भएको भए भारत नेपालमैत्री नाम राख्दा कुनै आपत्ति हुने भन्दै वडा अध्यक्ष खवासले नेपालै भूभागमा स्थानीय सरकारको बजेटबाट निर्माण गरेर छिमेकी देशको नाम उल्लेख गर्नु अस्वभाविक रहेको बताए । उनका अनुसार स्थानीयले विरोध जनाएपछि अहिले निर्माण सम्पन्न भएको प्रवेशद्वार उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily