Aadarsh-Daily

नदिमा डुबेर एक जना १० बर्षिया बालिकाको मृत्यु

ad-4p

पर्सा । रामनिवास पटेल । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीकाे १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएकाे हाे ।

content ad p2
content left

शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाकाे गाउँकाे पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसाैनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी बीरगन्जस्थित नारायणी अस्पालमा पठाएका थिए ।

उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणकाे लागि नारायणी अस्पताल मै राखिएको मृतकका दाई ईब्राहिम राउत गदीले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily