Aadarsh-Daily

नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुले

ad-4p

वीरगञ्ज । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ ।

content ad p2

परियारको भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा रेका थिए । परियारको शवको पोष्टमार्टम हुन भने बाँकी रहेको छ । यसैगरी, माझी काठमाडौँबाट सर्लाही जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

content left

यसअघि, शनिबार पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव बसका यात्रु ऋषिपाल साहले बोकेको भारतीय आधार कार्डको आधारमा उनको पहिचान खुलेको थियो ।

यद्यपी, प्रहरीले सार्वजनिक गरेको बसको चलानीमा परियार र माझीको नाम उल्लेख गरिएको छैन । उनीहरु चलानी काटी सकेपछि बसमा बिच बाटोबाट यात्रा गरेको बताइएको छ ।

शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन नारायणगढ सडकखण्डको सिमलतालमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily