Aadarsh-Daily

नयाँ गठबन्धनको सरकारमा साना दललाई कुन कुन मन्त्रालय ?

ad-4p

वीरगञ्ज । नयाँ गठबन्धनको सरकारमा दलअनुसारको मन्त्रालय दिने सहमती भएको छ । साना दललाई साना मन्त्रालय र ठूला दललाई ठूला मन्त्रालय दिने गरी भागवण्डा मिलाइएको छ । जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतले साना मन्त्रालय पाउने भएका छन् ।

content ad p2

साना दलहरूका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपन्छी विकास र खानेपानी मन्त्रालयहरू छुट्याइएको छ ।

content left

एमालेले अर्थ र भौतिक पूर्वाधार सहितका ७ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृह, परराष्ट्र सहितका ८ मन्त्रालय सम्हाल्नेछ ।

कांग्रेसका लागि छुट्याइएका मन्त्रालयहरूमा गृह, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिंचाई, स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला र वन तथा वातावरण रहेका छन् ।
रक्षा मन्त्रालयको बाँडफाँडको कुरा भने अझै टुंगो लागेको छैन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily