Aadarsh-Daily

मधेसबाट राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दै

ad-4p

वीरगंज । एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेका एक नेताका अनुसार ओलीले १४ जनाको ‘सर्टलिस्ट’बाट ८ जनाको नाम टुंगो लगाएका हुन् । प्रधानमन्त्रीपछि वरीयतामा रहने गरी एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् ।

content ad p2
content left

त्यस्तै पदाधिकारीबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मा दिइने बताइएको छ । त्यस्तै मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।

त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्‍याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने ओलीको तयारी छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily