Aadarsh-Daily

गुरुपुर्णिामाको अवसरमा हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले गुरु पुर्णिामा उत्सव मनायो ।

ad-4p

बिरगंज ६ साउन । गुरुपुर्णिामाको अवसरमा आज हिन्दु स्वयंसेवक संघ नेपाल बिरगंजले आर्दशनगरमा रहेको पशुपति शिक्षा मन्दिरमा श्री गुरु पुर्णिामा उत्सव मनाइएको छ ।

content ad p2

नारायणी अस्पताल डाक्टर निरज सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा डाक्टर सिंहले बोल्दै गुरुले कर्म संस्कार ,ब्यक्तिगत चरित्र ,अनुशासन , तथा समाज परिवर्तन गर्ने तथा अध्यारोबाटो बाट उज्यालो देखाउने बाटो पनि गुरुको हुने भएकोले हामीले सम्मान तथा इज्जत दिनु पर्ने धारणा राख्नु भएको थियो ।

content left

डाक्टर सिंहले भने अहिले गुरुको संस्कार गर्ने परिपाटी हराउँदै गइरहेकोमा चिन्ता ब्यक्त समेत गर्नुभएको हो ।उनलेे भने अब समाज रुपान्तरणको लागि हिन्दु स्वयंसेवक संघ लाग्नुपर्ने डाक्टर सिंहले बताए ।

जिल्ला संघ चालक प्रवक्ता माधवराजपालले हिन्दु स्वयंसेवक संघ किन बनेको र यसको महत्त्वपूर्णमा उदेश्य केहो भनेर बताएका थिए । उनलेेभने यो हिन्दु स्वयंसेवक संघले आफ्नो धर्म संस्कार ,संस्कृतिको रक्षा तथा परामपरागत संस्कृतिको संरक्षण गर्ने जिम्मेवारीका साथ लागि परेको बताए सनातन धर्मलाई विश्वभर चिनाउने काम डाक्टर केशव बलिराम हेडकेवारले आज भन्दा ९९ वर्ष पहिला स्थापना गरेर जानुभएको हो अब २०२५ मा १०० वर्ष पुग्दै गर्दा विश्वभर विभिन्न कार्यक्रम गरि मनाउने तयारी भइरहेको बताए ।

नेपालमा पनि यसको तयारी भइरहेको बताएका छन् ।नेपाल भारत सहयोग मंचका अध्यक्ष अशोक बैधले अब संगठन निर्माण गर्न तिर लाग्नुपर्ने र हामीलाई संख्यात्मक होइन गुणात्मक चाहियो भनेर बताएका छन् । हिन्दु स्वयंसेवक संघका सहसंघ चालक तथा हिन्दु युवाहरुको उल्लेखनीय सहभागी रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily