Aadarsh-Daily

एक हप्तादेखि सम्पर्कविहिन पर्साको बन्कुलका उराँव जंगलमा मृत भेटिए

ad-4p

प्रमोद यादव
पर्सा । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर नजिकैको जंगलमा एक पुरुष मृत भेटिएका छन् । वडा नम्बर २ बन्कुल घर भएका अन्दाजी ५५ वर्षीय अरुण महत्तो उराँँव, रंगपुर गाँउ नजिकको जंगगलमा बिहीबार मृत फेला परेका हुन् ।

content ad p2
content left

एक हप्तापहिले घरबाट निस्किएर परिवारको सम्पर्कविहिन रहेका उराँवको शव बिहीबार बिहान जंगलमा भेटिएको हो । बिहीबार बिहान घाँस दााउरा गर्न जंगलमा गएका स्थानीयले जंगलभित्र शव देखेपछि प्रहरी चौकी रंगपुरटाँडीमा खबर गरेका थिए ।

त्यसपछि प्रहरी चौकी रंगपुर टाँडी र इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टाोलीले शव भेटिएको स्थानमा पुगेर शवको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको ञ्ज पठाइएको प्रहरी निरीक्षक मोहनजंग थापाले जानकारी दिए ।शवको प्रकृति र प्रारम्भिक अनुसन्धान अनुसार उराँवले विष सेवन गरेका कारण मृत्यु भएको आशंका रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily