Aadarsh-Daily

फेटाका डोम र नेटुवा समुदायलाई आफनै व्यवसाय सञ्चालन गर्न सामग्री सहयोग

ad-4p

बारा । बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटिया त्रिवेणीका डोम र नेटुवा समुदायका मानिसहरुलाई आर्यआर्जनका लागि तथा आफ्नै व्यवसाय संचालन गर्नका लागि विभिन्न सामाग्रीहरु वितरण गरीएको छ ।

content ad p2

टोलका डोम र नेटुवा समुदायका मानिसहरु हाल पनि ज्यान जोखीममा राखेर आफ्नो पुरानो परम्परागत कार्यलाई जारी राख्दै विषालु सर्प समात्ने र शहर बजारमा सर्प देखाएर पैसा माग्दै आएको तर पछिल्लो समय उतm कार्यलाई नै निरन्तरता दिने अवस्था नरहेकोले विकल्पको रुपमा नयाँ पेशा तथा व्यवसाय संचालन गर्न उतm समुदायका मानिसहरुलाई सहयोग स्वरुप सामाग्री वितरण गरीएको हो ।

Mundo Cooperante को आर्थिक सहयोग तथा सखी  महिलाको साथी नामक संस्थाको सहजीकरणमा फेटा गा.पा. वडा १ मा संचालनमा रहेको Preventing Early Forced Marriage by Empowering Marginalized Girls and Community नामक परियोजना अन्र्तगत डोम र नेटुवा समुदायको महिला ,युवा तथा पुरुषहरुलाई आयआर्जन लागि उनीहरुको क्षमता तथा दक्षता अनुसारका सामाग्रीहरु सहयोग गरीएको संस्थाकी कार्यकारी निर्देशक प्रियन्का कुश्वाहाले बताएकी छन् ।

संस्थाले २ जनालाई सीलाई मसीन , २ जनालाई झोल साबुन बनाउने सामाग्री र सामाग्री बनाउन प्रशिक्षण समेत दिईने गरी व्यवस्थापन गरेको संस्थाका कार्यक्रम संयोजक विक्की महतोले बताए । त्यस्तै उतm समुदायका मानिसहरु अति विपन्न समुदायका भएको तथा वर्षाका कारण रहेको फुसको घर पनि अस्तव्यस्त बनेकोले ४ जनाको घर निर्माणमा समेत सहयोग गरीएको संस्थाका परियोजना अधिकारी राजेश कुश्वाहाले जनाए ।

content left

त्यसैगरी ३ जना युवालाई भने इलेक्ट्रिशियन सामाग्री, ३ जनालाई बासको सामाग्रीहरु बनाउने औजÞारहरु तथा बॉस वितरण ,१ ज्ना एकल महिलालाई कस्टमेटिक सामाग्रीहरु दिई व्यवसाय संचालनका लागि सहयोग गरीएको तथा १ जनालाई किराना पसल संचालनका लागि सामाग्री वितरण गरी पसल संचालनका ल्याउन सहयोग गरेको र १ जनालाई रिक्सा हस्तान्तरण गरिएको प्रियंका कुश्वाहाले बताएकी छन् ।

त्यसैगरी उतm समुदायका अधिकांश मानिसहरुसंग नागरीकता नभएको कारण नागरीकताका लागि पहल गरीएको तथा बिद्यालय बाहिर रहेका २० जना बालिकाहरुलाई ३ वटा समूह बनाई ट्यूशन सेन्टर समेत संस्थाको तर्फबाट संचालन गरी उनीहरुलाई बिद्यालयमा समेत भर्ना गराई निगरानीका लागि उनीहरुको अभिभावकहरुलाई समेटी आमा समूह पनि बनाएर प्रत्येक महीना मासिक बैठक समेत संचालन गर्ने गरीएको परियोजना अधिकारी राजेश कुश्वाहाले जनाएका छन् ।

विभिन्न किसिमका विभेद तथा हेपाहा प्रवृतीको शिकार बन्नुका साथै आर्थिक रुपले कमजोर यस्ता समुदायका मानिसहरुको जिवन उकास्न तथा यी समुदायका बालबालिकाहरुलाई अरु समुदायका बालबालिका झै भेदभाव रहीत शिक्षा , स्वास्थ्य ,मनोरंजन लगायतका क्षेत्रमा सहभागिता हुन पाउने अधिकार कुण्ठित हुन नदिन सखी संस्थाले वर्षाैदेखी यस्ता समुदायकै लागि अभियानकै रुपमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

सखी महिलाको साथी संस्थाकी कार्यकारी निर्देशक प्रियन्ंका कुशवाहाको अध्यक्षतामा भएको सामग्री हस्तन्तरण कार्यक्रममा श्री गढ़ीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया, बाराका अध्यक्ष रामएकबाल प्रसाद तेली, फेटा वड़ा नम्बर १ का वडा अध्यक्ष बिगन दास , बरिष्ठ पत्रकार एवम् समाजसेवी उमेश दुबे , लोहा यादव, वड़ा सदस्य शेषनाथ यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका परियोजना अधिकारी राजेश कुश्वाहाले गरेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily