Aadarsh-Daily

सशस्त्र प्रहरीले गर्यो पर्साका छुट्टाछुट्टै ठाउँबाट १२ केजी चरेश र ४ केजी गाँजासहित ३ जना भारतीयलाई पक्राउ

ad-4p

वीरगञ्ज । सशस्त्र प्रहरी पर्सा बल पर्साले लागु औषध चरेशसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पर्साको पोखरीया नगरपालिकाबाट १२ किलोग्राम लागु औषध चरेशसहित एकजनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

content ad p2

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पोखरीयाको बनकटवाबाट १२ केजी चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइछिपाई लैजादै गरेको अवस्थामा उक्त परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रमुख राधेश्याम धिमालले बताए ।

content left
 लागु औषध चरेशसहित पक्राउ परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको उनले जनाए । सशस्त्र प्रहरीले पक्राउ परेकाको साथबाट बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । बरामद चरेश र मोटरसाइकलसहित भारतीय नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको सशस्त्र प्र्रहरी पर्साले जानकारी दिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बलले ४ केजी लागुऔषध गाँजासहित दु्ईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको दसौताबाट ४ किलोग्राम लागु औषध गाँजासहित दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले उनीहरुको साथबाट बीआर २२ बीजे ३८९५ नम्बर मोटरसाइकलसमेत बरामद गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily