Aadarsh-Daily

सगरमाथाको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिन्छ : खानेपानी मन्त्री यादव

ad-4p

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले सगरमाथाको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताउनुभएको छ ।

content ad p2
content left

खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले सगरमाथा र अन्य हिमालबाट आएको सुद्ध पानी विदेश निर्यात गर्न सकिने बताउनुभएको हो ।

उहाँले सोका लागि अध्ययन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “म विदेश गएको बेला रसुवाको पानी खान पाएको थिएँ, कसरी त्यहाँ पुग्यो थाहा भएन तर खुसी लाग्यो । अब हामीले हिमालको शुद्ध पानी कसरी तेस्रो मुलुकमा निर्यात गर्न सक्छौँ, त्यसतर्फ सोच्नु पर्ने बेला आएको छ ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily