Aadarsh-Daily

स्प्रे ट्यांकी खरिदमा गढीमाई नगरपालिकामा व्यापक भ्रष्टाचार भएको खुलासा

ad-4p

राैतहट___ रौतहटको गढीमाई नगरपालिकामा स्प्रे ट्यांकी खरिदमा व्यापक भ्रष्टाचार भएको देखिएको छ । बजारमा २८०० (दुई हजार आठ सय) रुपैयादेखि तिन हजार रुपैयासम्म पाइने स्प्रे ट्यांकीमा गढीमाई नगरपालिकाले तेहोरो भ्रष्टाचार गरेको देखिएको छ ।सामान्य किसानले तिन हजारभन्दा कम मूल्यमा बजारमा किन्न सकिने ट्यांकीलाई नगरपालिकाले केसरी एण्ड सन्स प्रालि गौरसित प्रति ट्याङ्की ५, १९० रुपैयामा खरिद गरेको छ । नगरपालिकाले १३ प्रतिशत भ्याट तिरेको देखिएको छ ।

content ad p2

केसरी एण्ड सन्स प्रालिले असार १५ मा कारोबार गरी असार १६ मा बिजक जारी गरेको छ । बिजक नम्बर ५० रहेको केसरी एण्ड सन्सको बिलमा स्प्रे ट्यांक ३३३ थानको ५,१९० को दरले १७ लाख २८ हजार २७० रुपैया भुक्तानी मागेको र नगरपालिकाले गत असारमै भुक्तानी गरिसकेको छ । नगरपालिकाले सम्पूर्ण रकमको १३ प्रतिशत भुक्तानी तिर्दा एउटा स्प्रे ट्यांकीको मूल्य ५,८६४ रुपैया ७० पैसा पर्न आउँछ ।

बजारमा ३,००० भन्दा कममा पाइने स्प्रे ट्यांकीलाई नगरपालिका ५,८६४.७० को दरले भुक्तानी गरिसकेको छ । नगर प्रमुख श्याम प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव र जिन्सी शाखा प्रमुख राधेश्याम यादवको मिलोमतोमा दोब्बर मूल्यमा स्प्रे ट्यांकी खरिद गरी व्यापक भ्रष्टाचार गरिएको छ । असारमै भुक्तानी गरिसकिएको स्प्रे ट्यांकी गढीमाईका किसानलाई साउनमा मात्र वितरण गरिएको छ ।

content left

गत हप्ता किसानहरुले २ हजार ६०० को दरले रकम बुझाउँदै स्प्रे ट्यांकी बुझेको भरपाईमा हस्ताक्षर गरेका छन् । नगरपालिकाका कर्मचारीहरुले असारकै मितिमा रकम बुझ्दै भरपाईमा हस्ताक्षर गराएका हुन् । गढीमाई नगरपालिका ४ का किसान कपिलदेव सहनीले आफूले गत ४ साउनमा २,६०० रुपैया तिरेर एउटा स्प्रे ट्यांकी बुझेको बताएका छन् ।

खरिद भएर आएको ३३३ स्प्रे ट्यांकीमध्ये कागजमा जिन्सी शाखामा सबै दाखिला भए पनि करिब ५० ओटा स्प्रे ट्यांकी गायब भएको र नक्कली किसान खडा गरी भरपाई मिलाइएको भरपर्दो स्रोतले जनाएको छ । असारमा भुक्तानी दिई ल्याइएको र लागत सहभागितामा किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउनुपर्ने स्प्रे ट्यांकीको वितरण साउनमा गर्दै रकम उठाएको र उठाएको रकम पनि भ्रष्टाचार गर्ने नियत देखिएको छ ।

नियमानुसार असारमा वितरण गरिएकोले किसानसित असारमै रकम उठाएर असारभित्रै नगरपालिकाको खातामा जम्मा हुनुपर्ने हो तर असारको नाउमा भरपाई गराएर रकम असुल गरे पनि उक्त रकम नगरपालिकाको खातामा जम्मा हुने नदेखिएकोले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिन्सी प्रमुखले भ्रष्टाचार गर्ने नियत राखेको देखिएको छ ।

किसानबाट उठाइएको रकम नगरपालिकाको राजस्वमा जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन् । आफूले सबै काम नियमानुसार गरेको भए पनि केही मानिसले प्रतिशोध लिनको लागि आफूहरुविरुद्ध अफवाह फैलाउने काम गरिरहेको यादवको दाबी छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily