Aadarsh-Daily

पर्सा प्रहरीले एक लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद

ad-4p

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ ।

content ad p2
content left

पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ पटसौरास्थित सडकखण्डबाट प्रहरीले १० कार्टुन रिफाईन्ड तेल नियन्त्रणमा लिएको छ । २० हजार मूल्य बराबरको रिफाइन्ड तेल नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

प्रहरी चौकी महुवनले भन्सार छलीका विभिन्न सामग्री बरामद गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ लखनपुरस्थित सडकखण्डबाट प्रहरीले एक लाख १९ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
१३ थान किपैड मोबाईल, २० थान मोबाईलको चार्जर, २० थान म्याजिक एयरफोन, १३ थान हेडफोन, ५ थान एयरबर्डस, ३ प्याकेट टेम्पर ग्लास, ८ थान ब्लुतुथ स्पिकर र एक थान पावर बैंक बरामद गरेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

उनकाअनुसार बरामद सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily